Sunday, March 27, 2016

 ।।। ध्यान भावना मन परेको कारण ।।।
         प्रव्रजित हुनु भन्दा पहिले ध्यान भनेको के हो, कस्तो हुन्छ, कसरी गर्ने ,  ध्यानले के गर्छ र किन ध्यान बसिन्छ कुनै ज्ञान थिएन।  प्रव्रजित भईसके पछि श्रध्देय् गुरुवर भन्ते (फ्रा ख्रु शोभन घर्मपाल महास्थविर)ले नेपलको ललितपुरमा स्थित धार्मिक  मित्र राष्ट्र बर्माको  संयुक्त सहयोगमा सञ्चालित अन्तरराष्ट्रिय ध्यान भावना केन्द्र, शंखमुलमा पहिलो पटक ध्यान शिविरमा भाग लिन पठाउनु भयो। त्यस समयमा पहिलो पटक ध्यान के हो भन्ने कुरा अनुभव गरे। तर त्यसलाई निरन्तरता दिन भने सकिएन।
         पछि यहाँ वाट फ्रा धम्मकायमा आएँ , ध्यानलाई  बिषेश जोड दिई गरिने हरेक किर्याकलापमा भिजिँदै गए पछि अझ धेरै ध्यानको महत्व बुझियो। हाम्रो मन भनेको पल-पलमा फेरिदो रहेछ, मिनेट-मिनेट, सेकेन्ड-सेकेन्डमा हजारौं लाखौं बिषयमा विचार गर्दो रहेछ। त्यतिकै बसि रहदाँ थाहाँ नहुदो रहेछ। ध्यानको अभ्यास गर्दा मात्रा मन,चित्तको बारे ज्ञान हुदोरहेछ। कसरी हामी अकुशल कर्म गर्न पुग्छौं, कसरी हामीबाट कुशल कर्म गर्छौं। धमिलो मन भनेको कस्तो हुन्छ र मन चित्तलाई कसरी शुध्द गरिन्छ। मनलाई धमिलो गर्ने कुरा क्लेश भनेको के हो, कहाँ बाट आउँछ र के गर्यो भने क्लेश आउन रोकिन्छ। कसरी क्लेशलाई निर्मुल पार्न सकिन्छ। यी सम्पुर्ण कुराको वास्तविक  ज्ञान हामी ध्यान भावनाको अभ्यासमा पाउन सकिन्छौं। साथै अर्को एक बिषेश महत्वपुर्ण कुरा ध्यान भावनाको अभ्यासले हामीलाई आनन्दपूर्वक सुखी जीवन विताउन धेरै मद्दत गर्नुको साथै सदाको लागी जन्म जरा व्याधि मरण दुःखबाट मुक्त भएको निर्वाण साक्षात्कार गर्न पुर्ण मद्दत गर्छ।

              แปลแป็นภาษาไทย
เหตุผลชอบนั่งสมาธิ
ก่อนบวชผมไม่ทราบว่าการนั่งสมาธิคืออะไร   เป็นแบบไหน ต้องทำอย่างไร   ทำไปเพื่ออะไร   ทำไปแล้วได้อะไร   ไม่รู้อะไรเลย   พอได้บวชแล้ว   ท่านพระอาจารย์พระครูโสภณธรรมบาล   ส่งผมไปเข้าปฏิบัติธรรมที่ศูนย์ปฏิบัติธรรมของประเทศพม่าที่เนปาลแล้วได้ประสบการณ์ครั้งแรกในการนั่งสมาธิ

 ต่อมาภายหลังได้มาวัดพระธรรมกายแล้วได้เห็นว่าที่นี่เวลาทำทุกกิจกรรมใช้สมาธิเป็นหลักก็ว่าได้เห็นความสำคัญยิ่งใหญ่ของการนั่งสมาธิเพิ่มขึ้น จิตของเราจะมีการเปลี่ยนแปลงทุกเวลา ทุกกรณี ทุกๆนาทีและวินาที จิตเราจะคิดเรื่องเป็นพัน เป็นแสนทีเดียว เรื่องนี้เราจะไม่ได้สังเกตุแต่เมื่อได้นั่งสมาธิถึงจะรู้เรื่องพวกนี้ แล้วได้รู้อีกว่าทำไมเราถึงไปทำอกุศล และทำไมถึงไปทำกุศล  ที่ทำให้จิตหมองเป็นแบบไหน ที่ทำให้จิตผ่องใสเป็นแบบไหน สิ่งที่ทำให้จิตเราเศร้าหมองที่เราเรียกกันว่ากิเลสนั้นคืออะไร มาจากไหน แล้วทำอย่างไรจะถึงไม่มา ทำอย่างไรจะหมดกิเลส คำตอบพวกนี้จะอยู่ในการนั่งสมาธิเท่านั้น แล้วอีกอย่างหนึ่งที่สำคัญทีเดียวของการนั่งสมาธิก็คือ ทำให้เรามีความอินโนเซนท์ มีความสุขตลอดเวลาและความสำคัญยิ่งใหญ่ของการนั่งสมาธิก็คือสามารถหลุดพ้นจากกิเลส หลุดพ้นจากการ เกิด แก่ เจ็บ ตายแล้วได้เข้าถึงพระนิพพาน

Wednesday, March 23, 2016

धम्मकाय विहार मन परेको कारण

धम्मकाय विहार मन परेको कारण। 

         मैले बिं.स. २०६३ साल तद अनुसार ई.स. २००७ श्री शाक्यसिंह विहार(नेपाल)मा श्रध्देय् भिक्षु बोधिसेन महास्थवीरको उपज्झायत्व र  श्रध्देय् गुरुवर फ्रा ख्रू शोभन भिक्षु धर्मपाल महास्थवीरको आचार्यत्वमा श्रामणेर सुमंगलोको रूपमा श्रमणत्व ग्रहण गरे। यसरी ई.स.२००८ मा बौध्द धर्म अध्यनको सिलसिलामा यस वाट फ्रा धम्मकायमा आउँदा यस्तो लाग्यो, कि म कुनै विहारमा होइन, एक कल-कारखानामा आएछुँ। के हो यस्तो यो, विहारनै कारखाना जस्तो तर आज यस विहारको प्रमुख श्रध्देय् फ्रा थेपञाण महामुनी भिक्षु धम्मजयो महास्थवीरबाट हुने धर्म देशना र उहाँले यस विहारमा हुने भिक्षुगण श्रामणेरहरु, उपासक -उपासिका र विहारमा आउँने सम्पुर्ण श्रध्दावानहरुलाई सधर्म सिकाउँने बुझाउँऩे कुरा बुझि सके पछि पो थाहा भो, कि यो त "संसारलाई चाहिँ ऱहेको सच्चा भिक्षु र सकारात्मक विचार धारा भएको मानिसहरुको बिकास गरि विश्वमा शान्ति ल्याउँन साँचो र शुध्द मनले काम गर्ने ठुलो पुण्य क्षेत्र भएको ठुलो विहार" पो रहेछ।