Wednesday, March 23, 2016

धम्मकाय विहार मन परेको कारण

धम्मकाय विहार मन परेको कारण। 

         मैले बिं.स. २०६३ साल तद अनुसार ई.स. २००७ श्री शाक्यसिंह विहार(नेपाल)मा श्रध्देय् भिक्षु बोधिसेन महास्थवीरको उपज्झायत्व र  श्रध्देय् गुरुवर फ्रा ख्रू शोभन भिक्षु धर्मपाल महास्थवीरको आचार्यत्वमा श्रामणेर सुमंगलोको रूपमा श्रमणत्व ग्रहण गरे। यसरी ई.स.२००८ मा बौध्द धर्म अध्यनको सिलसिलामा यस वाट फ्रा धम्मकायमा आउँदा यस्तो लाग्यो, कि म कुनै विहारमा होइन, एक कल-कारखानामा आएछुँ। के हो यस्तो यो, विहारनै कारखाना जस्तो तर आज यस विहारको प्रमुख श्रध्देय् फ्रा थेपञाण महामुनी भिक्षु धम्मजयो महास्थवीरबाट हुने धर्म देशना र उहाँले यस विहारमा हुने भिक्षुगण श्रामणेरहरु, उपासक -उपासिका र विहारमा आउँने सम्पुर्ण श्रध्दावानहरुलाई सधर्म सिकाउँने बुझाउँऩे कुरा बुझि सके पछि पो थाहा भो, कि यो त "संसारलाई चाहिँ ऱहेको सच्चा भिक्षु र सकारात्मक विचार धारा भएको मानिसहरुको बिकास गरि विश्वमा शान्ति ल्याउँन साँचो र शुध्द मनले काम गर्ने ठुलो पुण्य क्षेत्र भएको ठुलो विहार" पो रहेछ। 

2 comments: